लुम्बिनीले दियो सुदूरपश्चिमलाई १ सय ४४ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लुम्बिनीले दियो सुदूरपश्चिमलाई १ सय ४४ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८२, बिहीबार

    काठमाडाै, ११ मङ्सिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु  १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै  १ सय ४३ रनको योगफल तयार पारेको थियो । 

    लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८ १८ र गुल्बदिन नइमले ११ रन बनाए । 

    सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए ।