दृष्टिविहिन दम्पत्तिका दुई महिने शिशुको उपचारमा गफ्फारको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दृष्टिविहिन दम्पत्तिका दुई महिने शिशुको उपचारमा गफ्फारको सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८२, बिहीबार

    दमौली, ११ मङ्सिर । व्यास नगरपालिका-१२ भड्खाला निवासी दृष्टिविहिन दम्पत्तिका दुई महिनाका शिशुको उपचारका लागि सामाजिक अभियान्ता सुदीप गफ्फारले सहयोग गरेका छन् । आर्थिक रुपमा विपन्न शिशुको उपचारका लागि गफ्फारले आर्थिकसँगै अस्पतालमा निशुल्कको समेत व्यवस्था मिलाएका छन्।

    स्वास्थ्यमा समस्या आएपछि सुरुमा ती शिशुलाई दमौली अस्पताल ल्याइएको थियो । थप उपचारका लागि पोखरा लैजान चिकित्सकको सुझावपछि हाल जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको छ । जिएमसीले शिशुको सम्पूर्ण उपचार निशुल्क गर्ने प्रतिबद्धता जनाएको छ ।

    गफ्फारको सक्रियतामा हालसम्म ६७ हजार रकम संकलन भएको छ । उनका अनुसार अमेरिकाबाट ३० हजार, अष्ट्रेलियाबाट १५ हजार, दमौली मुस्लिम समाजबाट १० हजार, अन्य १२ हजार संकलन भएको छ ।