प्रदेश अस्पताल दमौलीको अध्यक्षमा वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश अस्पताल दमौलीको अध्यक्षमा वाग्ले

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८२, मंगलवार

    दमौली, २३ मंसिर । प्रदेश अस्पताल दमौलीको अध्यक्षमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रपरिषद्को मंकलबार बसेको बैठकले व्यास-४ निवासी वाग्लेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    यसअघि जिल्ला समन्वय समितिका प्रमुख व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गरी प्रदेश सरकारले नयॉ समिति गठन गरेको हो ।

    समितिको सदस्यहरूमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिका सदस्य, कम्तिमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनित गरेको एक महिलासहित दुईजना, जिल्ला प्रशासन, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनित गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सकबाट एकजना, अस्पतालको नर्सिङ प्रमुख र सदस्य सचिवमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने छन् ।