


दमौली, २९ मंसिर । व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा साेमबार बिहान एक महिलाको शव बेबारिसे अवस्थामा फेला परेको छ । पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अन्दाजी ४०÷४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
