त्रिभुवन क्याम्पस सञ्चालक समितिको अध्यक्षमा जोशी निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्रिभुवन क्याम्पस सञ्चालक समितिको अध्यक्षमा जोशी निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८२, सोमबार

    दमौली, २९ मंसिर । भानु नगरपालिका-११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको संचालक समितिको अध्यक्षमा विमलराज जोशी निर्वाचित भएका छन् ।

    सोमबार भएको अधिवेशनबाट जोशी ११८ मत सहित निर्वाचित भएका हुन् । जोशी सोही वडाको अध्यक्ष समेत हुन् ।

    प्रतिस्पर्धी तारानरेश पौडेलले ५६ र विष्णु पोख्रेलले ५ मत प्राप्त गरेका छन् ।