राप्रपाद्वारा महेन्द्र जयन्तीमा महेन्द्र शालिकमा माल्यार्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपाद्वारा महेन्द्र जयन्तीमा महेन्द्र शालिकमा माल्यार्पण

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८२, मंगलवार

    दमौली, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले महेन्द्र जयन्तीको अवसरमा व्यास नगरपालिका-३ स्थित महेन्द्र शालिकमा मंगलबार माल्यार्पण गरेका छन् ।

    सो पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताले शालिकमा माल्यापर्ण गर्नुका साथै महेन्द्रको योगदानको चर्चा गरे ।

    राप्रपाका केन्द्रीय कला संस्कृति विभागका प्रमुख पृथ्वीनारायण श्रेष्ठले महेन्द्र सच्चा राष्ट्रवादी भएको बताए ।