लायन्स क्लव सत्यवतीकी पूर्व अध्यक्ष श्रेष्ठद्वारा छात्रवृत्ति प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव सत्यवतीकी पूर्व अध्यक्ष श्रेष्ठद्वारा छात्रवृत्ति प्रदान

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    दमौली, ३ पुस । लायन्स क्लव अफ तनहुँ सत्यवतीकी पूर्व अध्यक्ष रामशोभा श्रेष्ठले आफ्नी नातिनी आश्नी श्रेष्ठको नाममा छात्रवृत्ति प्रदान गरेकी छन् ।

    श्रेष्ठले भानु नगरपालिका ४ स्थित भानु संस्कृत माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्यनरत सञ्जिता अछामीलाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।

    गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठकी समेत नातिनी आश्नीको नामबाट अछामीलाई कक्षा १० सम्म अध्ययनका लागि सहजता प्रदान होस् भन्ने उद्देश्यले गत वर्षदेखि मासिक १ हजार रुपैया सहित शैक्षिक सामग्री समेत प्रदान गर्ने प्रतिवद्धताका साथ विहीबार विद्यालयमा आयोजित एक कार्यक्रम मार्फत श्रेष्ठले अछामीलाई शैक्षिक बर्ष २०८२ चैतसम्म का लागि एकमुष्ट १२ हजार रुपैया नगद सहित शैक्षिक सामग्री प्रदान गरिएको हो ।

    गरिव तथा जेहेन्दार विद्यार्थी अछामीलाई शैक्षिक क्रियाकलापमा सहजता प्रदान गर्ने उद्देश्यले रकम प्रदान गरिएकोमा विद्यालय परिवारले आभार प्रकट गरेको छ ।

    सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु गरिव परिवार रहने गरेकाले पठनपाठनलाई निरन्तरता दिन विद्यार्थीहरुलाई कठिनाई हुने गरेको विद्यालयले बताएको छ ।

    विद्यार्थीलाई नियमित उपस्थित गराई रहनका लागि विद्यालयले विभिन्न संघसंस्थाहरु मार्फत उपलब्ध सहयोगलाई प्रदान गर्ने कार्य गरिरहेको श्रेष्ठले बताए । सो रकम हस्तान्तरण कार्यक्रममा अछामीको परिवार सहित विद्यालयका परिवार र गण्डकी प्रदेश सांसद एवं आश्नीका हजुरबुवा अशोक कुमार श्रेष्ठ, लायन्स क्लव अफ तनहुँ सत्यवतीका अध्यक्ष सीता वैद्य लगायत पदाधिकारी एवं सदस्यहरुको समेत उपस्थिति रहेको थियो।