रिलायबल नेपाल लाइफद्वारा बीमितलाई अस्पताल नगद सुविधा प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रिलायबल नेपाल लाइफद्वारा बीमितलाई अस्पताल नगद सुविधा प्रदान

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०८२, शनिबार

    दमौली, ५ पुस । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, शाखा कार्यालय दमौलीले बीमितलाई अस्पताल नगद सुविधा उपलब्ध गराएको छ।

    व्यास नगरपालिका-२ निवासी बीमित रिता केसी स्कुटर दुर्घटनामा परि अस्पताल भर्ना भएपछि उपचार खर्च सहयोगस्वरूप एचिसीबी सुविधा अन्तर्गत रु १९ हजार रकम प्रदान गरिएको हो।

    उक्त रकम शाखा प्रमुख जगदीश काफ्ले सहित शाखाका लिडरहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जीवन बीमाले आपतकालीन अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले सबैलाई समयमै जीवन बीमा गर्न आग्रह गरिएको छ।