उज्यालो नेपाल पार्टी तनहुँको संयोजकमा गिरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालो नेपाल पार्टी तनहुँको संयोजकमा गिरी

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८२, शुक्रबार

    दमौली, ११ पुस । उज्यालो नेपाल पार्टीको तनहुँ जिल्ला संयोजकमा अजय गिरी चयन भएका छन् । सो पार्टीको शुक्रबार दमौलीमा सम्पन्न भेलाले व्यास नगरपालिका–४ दमौली निवासी गिरीलाई संयोजक चयन गरेको हो । त्यस्तै सो पार्टीको गण्डकी प्रदेश युवा संयोजकमा मन्जिल राना चयन भएका छन् ।

    नवनिर्वाचित संयोजकद्वयलाई उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङ, केन्द्रीय सदस्य गुणराज ढकाल लगायतले बधाइ एवं शुभकामना दिएका थिए ।