तउवासंघ दमौली बजार इकाईमा १४ सदस्य निर्विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली बजार इकाईमा १४ सदस्य निर्विरोध

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८२, बुधबार

    दमौली, २३ पुस । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई सदस्यमा १४ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । इकाइको निर्वाचन प्रक्रिया अन्तर्गत इकाइ सदस्यमा उम्मेदवारी दिएकामध्ये चार जनाले उम्मेदवारी फिर्ता लिएपछि १४ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

    इकाइ सदस्यमा अलि मिया, बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी, सुमिन मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।

    यस्तै उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी निर्विरोध भइसकेका छन् ।