


दमौली, २३ पुस । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४२२ मत खसेको छ । इकाइ सभापतिमा शेषराज श्रेष्ठ र अन्जु दाहालबीच प्रतिस्पर्धा भएकामा साँझ ७ः३० बजेसम्म मतदानको समय रहेको थियो ।
६५५ मतदातामध्ये ४२२ मत खसेको र मतगणना केही बेरमा सुरु हुने निर्वाचन समितिले जनाएको छ । नतिजा केही घण्टाभित्रै आउने जनाइएको छ ।