प्रहरीका १० एसपी एसएसपीमा बढुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरीका १० एसपी एसएसपीमा बढुवा

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०८२, बिहीबार

    काठमाडौं, २४ पुस । नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा  सिफारिस भएका छन् ।

    गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् ।

    त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल बढुवाको सिफारिसमा परेका छन् । यसैगरी दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।