


दमाैली, २४ पुस । तनहुँको सदरमुकाम दमौलीमा आजदेखि छैटौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए। यसअघि विसं २०७९ पुस २२ गतेदेखि पॉचौ जनजाति महोत्सव गरिएको थियो ।
महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिको सहभागितामा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।









