


दमौली, २४ पुस । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं.२ ले पार्टीको ऐतिहासिक तथा महत्वपूर्ण विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
पार्टीको विधानअनुसार आयोजना हुन लागेको विशेष महाधिवेशन मुलुकको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आन्तरिक एकता तथा भावी रणनीति तय गर्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको कार्यसमितिले जनाएको छ।
क्षेत्रीय सभापति चुडामणि खनालले बिहीबार विज्ञप्ती जारी गरी लोकतन्त्र, राष्ट्रियता र समाजवादका मूल्यमान्यतामा आधारित नेपाली कांग्रेसलाई थप सबल, एकीकृत र जनमुखी बनाउने उद्देश्यका साथ विशेष महाधिवेशन आयोजना हुन लागेको उल्लेख गरेका छन् ।
