


दमौली, २५ पुस । जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाआ स्वच्छ, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सम्पन्न गराउन कार्यालयले हातहतियार बुझाउन आग्रह गरेको हो ।
प्रशासनले जिल्लाभित्र नेपाल सरकारको अनुमति प्राप्त व्यक्तिगत तथा व्यवसायिक सुरक्षाका लागि राखिएका र अवैध रूपमा रहेका सबै किसिमका हातहतियारहरू आगामी माघ १५ गतेसम्म नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको छ।
तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नागरिकहरूलाई प्रशासन र सुरक्षानिकायसँग सहकार्य गर्न आग्रह गरिएको छ।
