


दमौली, २५ पुस । नेपाली कांग्रेस तनहुँ-१ पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ । क्षेत्रीय सभापति श्याम मौरातीले शुक्रबार विज्ञप्ती जारी गरी विशेष महाधिवेशन सफल बनाउन सबैलाई सहभागिताका लागि आह्वान गरेका छन् ।
विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधानको धारा १७(२) बमोजिम आगामी पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
