


काठमाडौं, २५ पुस । चर्चित सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौंको क्षेत्र नम्बर २ वा ९ लाई रोज्ने उनको भनाइ छ ।
विभिन्न सरोकारवालाहरुसँग छलफल र सामाजिक सञ्जालमा मत सर्वेक्षणपछि आफू चुनाव लड्न तयार भएको आशिकाले बताएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए । म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु । यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु ।’