शुक्लागण्डकीमा एकै दिन भेटियो तीन जनाको शव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा एकै दिन भेटियो तीन जनाको शव

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८२, शनिबार

    दमौली, २६ पुस । शुक्लागण्डकी नगरपालिकामा एकैदिन दुई पुरुष र एक महिलासहित तीन जनाको शव फेला परेको छ। घटनाको प्रकृतिले यसलाई गम्भीर तथा रहस्यमय बनाएको छ।शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र परिसरमा दुई जना पुरुषको शव फेला परेको हो।

    त्यस्तै जनकल्याण माध्यमिक विद्यालयको तलपट्टि रहेको जंगल क्षेत्रमा एक महिलाको शव फेला परेको छ ।हालसम्म तीनै जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकहरूको पहिचान खुलाउन प्रयास गरेको छ।

    तीन जनाको शव एकैदिन र नजिकैका स्थानहरूमा फेला परेपछि घटना शंकास्पद देखिएको भन्दै प्रहरीले यसलाई उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको जनाएको छ ।घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। एकैदिन तीन जनाको शव फेला पर्नु सामान्य घटना नभएको भन्दै स्थानीयले सुरक्षा व्यवस्था थप कडा बनाउन र घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।