तनहुँ उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०८२, मंगलवार

    दमौली, २९ पुस । तनहुँ उद्योग वाणिज्य संघको १८औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन प्रकृया अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिएसँगै सम्पूर्ण पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    संघको अध्यक्षमा इमकुमार मल्ल निर्वाचित भएका छन् । अध्यक्षमा मल्लको मात्रै उम्मेदवारी परेको थियो ।

    वरिष्ठ उपाध्यक्षमा सुवोध अधिकारी, प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र द्वितीय उपाध्यक्षमा भीमलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

    यस्तै, कोषाध्यक्ष पदमा शिवओम मल्ल निर्वाचित भएका छ भने वस्तुगत सदस्यतर्फ अधिकृत विक्रेता संघ तनहुँ (लालप्रसाद प्रधान) निर्वाचित भएका छन् ।