


दमौली, ३ माघ । नेकपा (एमाले) ले तनहुँ जिल्लाका दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ । पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले तनहुँ–१ मा भगवती न्यौपाने र तनहुँ–२ मा केदार सिग्देललाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भगवती न्यौपाने पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य हुन् भने सिग्देल पूर्व सांसद हुन् ।
पार्टी नेतृत्वले दुवै उम्मेदवार जनआधार भएका, अनुभवी र संगठनमा सक्रिय नेताका रूपमा परिचित रहेको जनाएको छ ।
