


दमौली, ९ माघ । तनहुँ–१ प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ‘कैची’ चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारहरूलाई चुनाव चिन्ह वितरण गरेको हो ।
जोशी यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा पनि उनले ‘कैची’ नै चुनाव चिन्ह प्रयोग गरेका थिए ।
