निर्वाचन प्रहरीका लागि आवेदन संख्या न्यून, तनहुँमा पुनः आवेदन आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन प्रहरीका लागि आवेदन संख्या न्यून, तनहुँमा पुनः आवेदन आह्वान

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८२, शनिबार

    दमौली, १० माघ ।निर्वाचन प्रहरी भर्ना प्रक्रियामा अपेक्षित संख्यामा आवेदन नपुगेपछि पुनः आवेदन आह्वान गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले पुन: आवेदन माग गरेकामा शनिबार १९२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आज दर्ता भएका आवेदकमध्ये महिला ६७ जना र पुरुष १२५ जना रहेका छन्। फारम दर्ता गर्ने समयसीमा आइतबारसम्म रहेकाले इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरिएको छ।

    जिल्लाका लागि कुल १ हजार ५७३ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्मको आवेदन संख्या आवश्यकताभन्दा कम भएपछि पुनः आवेदन माग गरिएको हो। यसअघि सम्पन्न शारीरिक क्षमता परीक्षण, स्वास्थ्य परीक्षण तथा लिखित परीक्षाबाट १ हजार दुई सय १६ जना उम्मेदवार उत्तीर्ण भइसकेका छन्।