


दमौली, ११ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार आठ सय ८२ मतदाता छन् । पाँच वटा पालिकाका मतदाता समावेश यस क्षेत्रमा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी र देवघाट पर्दछ ।






