


दमौली, ११ माघ । हैरान्स क्लब दमौलीको आयोजनामा व्यास नगरपालिका–३ मा जारी अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको छात्रातर्फको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ।
फाइनल खेलमा सत्यवती माविले मर्स्याङ्दी माध्यमिक विद्यालयलाई ४–० अंकले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको अन्तिम क्वाटरमा सत्यवतीले अंक बटुलेको हो ।
प्रतियोगिताले विद्यालयस्तरमा बास्केटबल खेलको विकास र विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।