अन्तर विद्यालय स्तरीय बास्केटबलको उपाधि वाराहीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तर विद्यालय स्तरीय बास्केटबलको उपाधि वाराहीलाई

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८२, आईतवार

    दमौली, ११ माघ । हैरान्स क्लब दमौलीको आयोजनामा व्यास नगरपालिका–३ मा जारी अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको छात्रतर्फको उपाधि वाराही आवासीय माविले जितेको छ।

    फाइनल खेलमा वाराहीले सत्यवती माविलाई ४०–१० अंकको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।