


दमौली, ११ माघ । हैरान्स क्लब दमौलीको आयोजनामा व्यास नगरपालिका–३ मा सम्पन्न अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा छात्रको उपाधि वाराही आमाविले र छात्रातर्फ सत्यवती माविले जितेको छ ।
फाइनल खेलमा वाराही आवासीय माविले सत्यवती माध्यमिक विद्यालयलाई ४०–१० अंकको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको वाराहीले सम्पूर्ण खेल अवधिभर दबाब कायम राख्दै सहज जित निकालेको थियो।
यस्तै, छात्रातर्फको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ। फाइनल खेलमा सत्यवती माविले मर्स्याङ्दी बोर्डिङ स्कुललाई ४–० अंकले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।
छात्रतर्फको विजेताले नगद रु दश हजार र रनिङशिल्ड ट्रफी प्राप्त गरेको छ भने उपविजेताले रु सात हजार नगद पुरस्कार प्राप्त गरेको छ।
छात्रातर्फको विजेताले नगद रु सात हजार र उपविजेताले रु पॉच हजार नगद प्राप्त गरेको छ ।
विजेतालाई व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले पुरस्कार वितरण गरे । सो अवसरमा व्यास-३ का वडाध्यक्ष अनुप राना, व्यास-२ का सदस्य सुरेश वाग्ले, सामाजिक अभियान्ता सुदीप गफ्फार लगायले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताले विद्यालयस्तरमा बास्केटबल खेलको विकास गर्नुका साथै विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र प्रतिस्पर्धात्मक भावना बढाएको हैरान्स क्लवका सचिव उज्वल भट्टराईले जानकारी दिए ।