सामाजिक अभियान्ता गफ्फारद्वारा विपन्नलाई खाद्यान्न र कपडा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक अभियान्ता गफ्फारद्वारा विपन्नलाई खाद्यान्न र कपडा सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८२, आईतवार

    दमौली, ११ माघ । व्यास नगरपालिका–५ निवासी प्यारालाइसिस बिरामी ७५ वर्षीया फुलमाया दरैलाई सामाजिक अभियान्ता सुदीप गफ्फारले खाद्यान्न तथा कपडा सहयोग गरेका छन् । लामो समयदेखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएकी दरैको कुनै स्थायी आयस्रोत नरहेको र दैनिक जीवनयापन अत्यन्तै कठिन बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै गफ्फारले खाद्यान्न र कपडा सहयोग गरेका हुन् ।

    गफ्फारको पहलमा खाद्यान्न सामग्री अन्तर्गत चामल, दाल, तेल, नुन लगायतका दैनिक उपभोग्य सामग्री तथा आवश्यक कपडा हस्तान्तरण गरिएको हो।

    सहयोग हस्तान्तरणका क्रममा गफ्फारले असहाय, अपाङ्ग, वृद्ध तथा विपन्न नागरिकको जीवन सहज बनाउने उद्देश्यले आफू निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको बताए ।