विद्या ढकालको चुनाव प्रचारका लागि भानुमा ७५१ सदस्यीय प्रचार समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्या ढकालको चुनाव प्रचारका लागि भानुमा ७५१ सदस्यीय प्रचार समिति गठन

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०८२, मंगलवार

    दमौली, १३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं.१ का उम्मेदवार विद्या ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन भानु नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको छ।

    सीताराम अधिकारीको अध्यक्षतामा गठन भएको उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्धेश्य लिइएको छ।

    नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका नेता हुन्। स्वच्छ छवि, बौद्धिक व्यक्तित्व तथा स्थानीय भूगोल र जनजीवनसँग नजिकबाट काम गरेको अनुभवका कारण उनी जनतामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्।