नेपाल मगर युवा संघ तनहुँकाे अध्यक्षमा अरुण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल मगर युवा संघ तनहुँकाे अध्यक्षमा अरुण

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८२, बुधबार

    दमाैली, १४ माघ । नेपाल मगर युवा संघ, जिल्ला समन्वय समिति तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अरूण कुमार थापा मगरको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन भएकाे छ ।

    अधिवेशनबाट उपाध्यक्षमा सरिता आलेमगर, सचिवमा सलिन थापा मगर, सदस्यहरूमा शिव थापा मगर, विप्लव थापा मगर, बसन्ती सारू मगर, पुष्पा थापा मगर, यमन थापा मगर र साेवित थापा मगर चयन भएका छन् ।

    नेपाल मगर संघ तनहुँकी वरिष्ठ उपाध्यक्ष मिना थापा मगरले युवाहरूको संगठित भूमिका समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताइन् ।