ऋषिङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८२, बुधबार

    दमौली, २१ माघ । तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीस्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–४ बस्ने २३ वर्षीय पूर्णबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मधुवनस्थित कालीगण्डकी किनारबाट बालुवा बोकेर काफलडाँडा जाँदै गरेको ग १ त ६२९४ नम्बरको ट्याक्टरबाट खस्दा घाइते थापाको रत्नहरि अस्पतालमा राति ९ः४५ बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    घाइतेको टाउको, छाती र खुट्टामा चोट लागेको थियो । मृतकको शव शल्यक्रियाका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । ट्याक्टर चालक र साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।