प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉको दुखद निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियॉको दुखद निधन

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८२, बुधबार

    दमौली, २१ माघ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार अग्रज पत्रकार शेष मोहम्मद हनिफ (गोरा) मियाँको दुखद निधन भएको छ ।

    मंगलबार दिउँसो आफ्नै निवासमा अचेत अवस्थामा ढलेका मियाँलाई तत्काल रत्नहरि अस्पतालमा प्राथमिक उपचार पश्चात् मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि बुधबार दिउँसो घर ल्याइएकामा साँझ आफ्नै निवासमा उनको निधन भएको हो ।

    स्व. मियाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै प्रेस स्वतन्त्रता, पेशागत हकहित र सामाजिक उत्तरदायित्वका पक्षमा दृढ रूपमा लागिरहे । उनको निधनले तनहुँको पत्रकारिता क्षेत्रले एक जुझारु, निडर र समर्पित नेतृत्व गुमाएको छ, जुन अपूरणीय क्षति हो ।

    स्व. मियॉका दुई छोरा र एक छोरी छन् । स्व. मियॉको बिहीबार धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।