प्रेस चौतारी पत्रकारिता पुरस्कार उपाध्यायलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी पत्रकारिता पुरस्कार उपाध्यायलाई

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८२, शुक्रबार

    दमौली, २३ माघ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता पुरस्कारबाट संस्थाका संस्थापक अध्यक्ष तारानाथ उपाध्यायलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा बसेको वैठकले हरेक वर्ष वितरण गर्दे आएको पत्रकारिता पुरस्कार यस पटक उपाध्यायलाई दिने निर्णय गरेको हो ।

    लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल उपाध्यायले पत्रकारिताको क्षेत्रमा विगतमा खेलेको भूमिकालाई सम्मान गर्दे पुरस्कार दिने निर्णय गरेको हो । प्रेस चौतारीलाई तनहुँमा स्थापना कालमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका उपाध्यायलाई सम्मान पत्र र रु १० हजार नगद सहित पुरस्कृत गर्न लागिएको हो ।

    प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता क्षेत्रमा संस्थागत योगदान दिएको पत्रकारहरुलाई सम्मान गर्दे आईरहेको छ । यस अघि प्रेस चौतारी नेपाल तनहुँ शाखाले उक्त पुरस्कारबाट पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, विश्ववन्धु भण्डारी, त्रिभुवन श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, पत्रकार वसन्ती बास्तोला, शाखाका उपाध्यक्ष कृष्णचन्द्र न्यौपाने पुरस्कृत भइसकेका छन् ।