


दमौली, २५ माघ । मिजार समाज ऑबुखैरेनीको अध्यक्षमा बाबुराम नेपाली चयन भएका छन् । समाजको प्रथम अधिवेशनबाट नेपालीको अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।
उपाध्यक्षमा बिन्दा कोइराला, सचिवमा जुना कोइराला, कोषाध्यक्षमा कृष्ण बहादुर पुर्कोटी र सदस्यहरुमा मोतीमाया सार्की, नर बहादुर नेपाली, पिपला अछामी, सुनिता बसेल, विवेक पुर्कोटी, श्याम गोतामे, नानुमाया नेपाली, शोभा मगराती र शर्मिला नेपाली चयन भएका छन् ।
आयोजक समितिका संयोजक तथा आँबुखैरेनी गाउँ कार्यपालिका सदस्य शुशीला नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिजार समाज नेपालका केन्द्रीय सदस्य गोपाल सुर्खाली, तनहुँका तनहुँका अध्यक्ष रणसिंह नेपाली लगायत उपस्थित थिए ।