


दमौली, २५ माघ । तनहुँ–१ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाले दमौली बजार क्षेत्रलाई केन्द्रमा राखी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत आइतबार व्यास नगरपालिका–२, ३ र ४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरिएको छ।
घरदैलो क्रममा रानाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता स्थानीय आवश्यकताका विषय आफ्नो प्राथमिकतामा रहेको सुनाए ।
भेटघाटका क्रममा स्थानीयवासीले आफ्नो दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझावहरू उम्मेदवारसमक्ष राखेका थिए।
अभियानका क्रममा मतदाताबाट उत्साहजनक सहभागिता र सकारात्मक समर्थन प्राप्त भएको जनाइएको छ ।