युवा अभियान्ता अविनाश सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा अभियान्ता अविनाश सम्मानित

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०८२, सोमबार

    दमौली, २५ माघ । व्यास नगरपालिका-१२ स्थित मत्स्यकन्या आधारभूत विद्यालयको ४६औँ वार्षिक उत्सवको अवसरमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै अविनाश पन्थ सम्मानित भएका छन् ।

    विद्यालयले उनको निरन्तर सामाजिक पहल, जिम्मेवार नेतृत्व र सकारात्मक सोचको कदरस्वरूप प्रशंसापत्रबाट सम्मान गरेको हो।

    सानै उमेरमा ठूलो सामाजिक सोचसहित उदाहरणीय कार्य गर्दै आएका उनले पछिल्ला दुई वर्षयता विभिन्न सामाजिक अभियानमार्फत व्यास नगरपालिकाभित्रका १८ वटा विद्यालयमा आवश्यकताअनुसार स्विटर, झोला तथा जुत्ता वितरण गर्दै बालबालिकाको शिक्षा र जीवनस्तर सुधारमा योगदान पुर्‍याउँदै आएका छन्।