


दमौली, २७ माघ । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा माघको अन्तिम मंगलबार ३५ फूलको डोली भित्रिएको छ । विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली भित्र्याएका हुन् ।
सोमबार सत्यनारायण पूजा लगाएर मंगलबार मन्दिरमा फूलको डोली भित्र्याउने चलन रहिआएको छ ।
मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।