


दमौली, २८ माघल। हैरान्स क्लव दमौलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई बुधबार दमौलीमा सम्मान गरेको छ।
क्रिकेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन तथा खेल क्षेत्रको विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै मल्ललाई सम्मान गरिएको क्लवले जनाएको छ।
क्लवका कार्यवाहक अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव उज्वल भट्टराईलगायत पदाधिकारीहरूले मल्ललाई सम्मान गरेका थिए।
मल्लले खेल क्षेत्रको विकासका लागि आफू सधैं प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका थिए। सो अवसरमा मल्ललाई क्लवको जर्सी समेत हस्तान्तरण गरिएको थियो ।