जनताको नजिकै रहिरहन्छु : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताको नजिकै रहिरहन्छु : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८२, शुक्रबार

    दमौली, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहने प्रतिबद्धता व्यक्त गरेका छन्। भानु-५ नागनगिनीमा शुक्रबार आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू कहिल्यै जनताबाट टाढा नरहेको उल्लेख गरेका छन् ।

    उनले गत निर्वाचनमा पार्टीका २१ सांसद मात्र भएका कारण अपेक्षित काम गर्न नसकेको बताए । उनले भने, “संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस र एमालेको सरकार भएकाले हामी सरकारमा थिएनौं, त्यसैले केही गर्न सकेनौं। संघीय सांसदको मुख्य काम ऐन र नियम बनाउनु हो। तर जनता चाहन्छन् सांसद जिल्ला आइदियोस्। म जिल्लामा आइरहेको छु र सधैं जनतासँगै रहनेछु।”

    डा. वाग्लेले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकांक्षा पूरा गर्न प्रयास गर्ने पनि बताए । उनले फागुन २१ गते हुने निर्वाचनमा रास्वपाले बहुमत ल्याउने दावी गरे ।