


दमौली, ५ फागुन । प्रतिनिधि सभा तनहुँ–१ का उम्मेदवार मन्जिल राना घरदैलोमा जनताको उत्साहजनक साथ र समर्थनले उत्साहित बनेका छन् । उनले मंगलबार व्यास नगरपालिका–७ कलेस्तीमा मतदातासँग भेटघाट एवं छलफल गरेका छन् ।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले खुलेर आफ्ना समस्या, अपेक्षा र सुझाव राखेका थिए। सडक, खानेपानी, रोजगारी र कृषि विकासका विषयमा केन्द्रित छलफलका क्रममा मतदाताले यसपटक नयाँ सोच र युवा नेतृत्वलाई साथ दिने संकेत गरेका थिए।
मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र साथले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको रानाले बताए। “जनताको भरोसाले मलाई अझ बढी काम गर्ने ऊर्जा दिएको छ,” उनले भने।
विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनताको मूल मुद्दामा अपेक्षित काम नगरेको गुनासो गर्दै स्थानीयले परिवर्तनको पक्षमा उभिने धारणा व्यक्त गरेका थिए।
