तनहुँमा भव्य रूपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भव्य रूपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८२, मंगलवार

    दमौली, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ तनहुँमा विविध कार्यक्रम सहित मनाइने भएको छ। फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिनसम्म दिवस मनाउन लागिएको हो ।

    दिवसको अवसरमा फागुन ६, ७ र ८ गते तीनै दिन साँझ सरकारी कार्यालय, गैरसरकारी संस्था, राजनीतिक दलका कार्यालय र निजी क्षेत्रमा दिपावली गरिनेछ। यसका साथै फागुन ६ गते बिहान ७:०० बजे व्यास नगरपालिकाको संयोजनमा अनसन चौतारी, खुल्ला मञ्च र शिव पञ्चायन मन्दिर क्षेत्रमा विशेष सरसफाइ गरिने कार्यक्रम तय भएको छ। फागुन ८ गते सबै सरकारी कार्यालयहरूमा पनि अनिवार्य सरसफाइ गरिनेछ।

    प्रजातन्त्र दिवसको मुख्य दिन फागुन ७ गते बिहान ७:०० बजे दमौलीको अनसन चोकमा झण्डोत्तोलन गरिनेछ। सोही दिन बिहान ७:३० देखि ९:०० बजेसम्म नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनेछ। यस्तै, बन्दीपुरको शहीद पार्कमा शहीदहरूको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि राखिएको छ।

    फागुन ८ गते बिहान ९:०० बजे तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा दमौली अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ। सोही दिन बिहान ११:०० बजे जिल्ला प्रशासन कार्यालयमा विशेष समारोह आयोजना गरी विभिन्न आन्दोलनका शहीद परिवार, बेपत्ता व्यक्तिका परिवार र घाइतेहरूलाई सम्मान गरिने कार्यक्रम छ।