रास्वपा उपसभापति वाग्लेद्वारा दमौलीका मुस्लिम समुदायसँग भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा उपसभापति वाग्लेद्वारा दमौलीका मुस्लिम समुदायसँग भेट

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८२, मंगलवार

    दमौली, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले मंगलबार व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिद परिसरमा मुस्लिम समुदायसँग भेटघाट गरेका छन्।

    समुदायसँगको अन्तरक्रियामा उनले सामाजिक सद्भाव, समावेशिता र समान अवसरको विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। सबै धर्म, भाषा र समुदायको सम्मान गर्दै विकासका योजनाहरू अघि बढाउने आफ्नो एजेन्डा रहेको उनले बताए।