७२ वर्षमा भुजेलले पाइन् नागरिकता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ७२ वर्षमा भुजेलले पाइन् नागरिकता

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०८२, बुधबार

    दमौली, ६ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यका आधारभूत सेवा–सुविधाबाट वञ्चित रहँदै आएकी भुजेललाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

    नागरिकता अभावका कारण सामाजिक सुरक्षा भत्ता, बैङ्किङ सेवा, स्वास्थ्य उपचारमा सहुलियत तथा अन्य सरकारी कागजात बनाउन कठिनाइ हुँदै आएको थियो । स्थानीयको पहल र प्रशासनको समन्वयपछि उनको समस्या समाधान भएको हो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा संरक्षक बनेर भुजेललाई नागरिकता प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरे ।

    आवश्यक कागजात पूरा भएपछि भुजेललाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।

    भुजेल नागरिकताविहिन भएपछि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले सम्बन्धित निकायमा पहल गरेका थिए ।