


दमौली, ६ फागुन । तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ले काठमाडौंमा बसोबास गरिरहेका तनहुँका मतदातासँग भेटघाट कार्यक्रम गरेका छन्।
सो भेटघाटका क्रममा भट्टराईले बदलिएको कांग्रेसले अब तनहुँ बदल्ने दावी गरेका छन् । उनले भने, ‘काठमाडौंमा रहनु भएका मतदाताको यो बाक्लो उपस्थितिले संकेत गरेको छ– तनहुँ रुपान्तरणका लागि बदलिएको कांग्रेसको विकल्प छैन। कांग्रेस बदलिएको छ, अब हामीले तनहुँ बदल्नु छ।’
उनले पार्टीभित्र आन्तरिक सुधार, पारदर्शिता र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिइएको दाबी गर्दै अब विकास र सुशासनमुखी एजेण्डामा केन्द्रित हुने प्रतिबद्धता जनाए। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि आधुनिकीकरण र युवालाई रोजगारी सिर्जना मुख्य प्राथमिकता हुने उनको भनाइ थियो।
