डा. स्वर्णिम वाग्ले भन्छन् : मतदातामा देखिएको हाँसो, आशा र विश्वास नै जितको आधार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. स्वर्णिम वाग्ले भन्छन् : मतदातामा देखिएको हाँसो, आशा र विश्वास नै जितको आधार

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८२, आईतवार

    दमौली, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डॉ. स्वर्णिम वाग्लेले शुक्रबार देवघाट क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्।

    घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताएका थिए।

    भेटघाटका क्रममा मतदाताले विकास निर्माणलाई तीव्रता दिन, स्वास्थ्य तथा शिक्षाको गुणस्तर सुधार गर्न तथा युवालाई स्वदेशमै अवसर सुनिश्चित गर्न माग गरेका थिए। घरदैलोपछि वाग्लेले मतदातामा देखिएको हाँसो, आशा र विश्वास नै आफ्नो जितको आधार हुने विश्वास व्यक्त गरे।

    कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।