


दमौली, १२ फागुन । नेपाल मुस्लिम इत्तेहाद संगठन भानु-१३ मा आयोजक कमिटी गठन गरिएको छ । मोहमद फाजिर मियाको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको हो ।
सदस्यहरुमा कमालदिन मिया, मोहमद अलि, अजिज मिया, राज मोहमद मिया, मैनुदिन मिया र मुताफ मिया रहेका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय सचिव सुलेमान मिया, केन्द्रीय सदस्य रफिक मिया, जिल्ला अध्यक्ष रम्जान अली, व्यास नगर सदस्य मन्सुर अहमद लगायत उपस्थित थिए ।