पाँच वर्षमा तनहुँमा बेरोजगारी अन्त्य गर्ने भट्टराईको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाँच वर्षमा तनहुँमा बेरोजगारी अन्त्य गर्ने भट्टराईको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०८२, मंगलवार

    दमौली, १२ फागुन । नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले आगामी पाँच वर्षभित्र तनहुँमा बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम विस्तार गर्ने तथा कृषि, पर्यटन र साना उद्योगलाई प्रोत्साहन गर्ने योजना अघि सारेको बताउनुभयो।

    “अबको पाँच वर्षमा तनहुँलाई रोजगारीको केन्द्र बनाउनेछौँ। युवाले विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने हाम्रो लक्ष्य हो,” भट्टराईले भने।