


काठमाडौ, १८ फागुन । भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइलन प्रवेश गरेको छ।
सुपर-८ को अन्तिम खेलमा पूर्व विश्वविजेता वेस्ट इण्डिजलाई ५ विकेटले पराजित गर्दै भारत टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको हो।
कोलकाताको इडेन गार्डेनमा वेस्ट इण्डिजले दिएको १९६ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा ओपनर सञ्जु सामसन नायक सावित भए।
उनले नटआउट ९७ रन बनाएपछि भारतको जित सुनिश्चित भएको हो। ५० बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे।
तिलक बर्माले १५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोड्नुबाहेक भारतका अन्य ब्याटर सस्तोमै आउट भएका थिए।
कप्तान सूर्यकुमार यादव १८ रनमा आउट हुँदा हार्दिक पाण्ड्या १७, इशान किसन १०, ओपनर अभिषेक शर्मा १० रनमा आउट भएका थिए।