तनहुँमा आठ उम्मेदवारले सय मत कटाएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आठ उम्मेदवारले सय मत कटाएनन्

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८२, मंगलवार

    दमौली, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा आठ जना उम्मेदवारले एक सय मत कटाउन सकेनन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तनहुँ क्षेत्र नम्बर १ मा छ र तनहुँ क्षेत्र नम्बर २ मा दुई जनाको एक सय भन्दा कम मत आएको छ ।

    जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाल जनमुक्ति पार्टीका यामबहादुर आलेले ७६, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारीले ७३, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवालले २९, नेशनल रिपब्लिक नेपालका सुमन थापा मगरले २३, स्वतन्त्र उम्मेदवार लेखनाथ खनालले १८ र आम जनता पार्टीका चिजामाया अधिकारीले दश मत प्राप्त गरेका छन् ।

    क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्कीले ९५ र नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारीले ३० मत प्राप्त गरेका छन् ।