


दमौली, २७ फागुन । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद श्रीराम न्यौपानेले लोकतन्त्रको सुन्दरता प्रतिस्पर्धापछि सहकार्यमा देखिने बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चुनावी प्रतिस्पर्धा सकिएको र अब विकासका लागि सहकार्यको आवश्यकता रहेको उल्लेख गरेका छन्।
उनले प्रतिस्पर्धी उम्मेदवारसँग निर्वाचन परिणाम लगत्तै भएको सौहार्दपूर्ण भेटघाटले लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गरेको पनि बताएका छन्। “प्रतिस्पर्धा सकियो, अब विकासका लागि सहकार्य,” उनले लेखेका छन्। न्यौपानेले अब चुनावी प्रतिस्पर्धालाई पछाडि छोडेर तनहुँको विकास, समृद्धि र जनताको हितका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
