


दमौली, २ चैत । तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेले दमौली मिनी मार्केट क्षेत्रमा सोमबार बिहान भएको आगलागीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उक्त घटनाबाट स्थानीय व्यवसायमा ठूलो क्षति पुगेको खबरले आफूलाई मर्माहत बनाएको उनले बताएका छन् ।
आगो नियन्त्रणमा ल्याउन खटिएका सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति उनले धन्यवाद व्यक्त गरे ।
सांसद वाग्लेले क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी प्रभावित व्यवसायीलाई शीघ्र राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन बजार क्षेत्रमा आगलागी सुरक्षा व्यवस्था थप सुदृढ बनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।
